होसीयार ! प्लाष्टिकको चामलको बिगबिगी, पाक्दापाक्दैको भात उफ्रियो…

appharu
0
Shares

इटहरी २० तरहरामा पकाएको भात बल जसरी उफ्रिन थालेपछि बजारमा प्लास्टिकको चामलको बिगबिगी बढेको खुलाशा भएको छ । यसको विरोधमा स्थानीय आक्रोशित भएका छन् ।

इटहरी–१० खनारको दर्शन प्रिमियम मन्सुली चामल जय सरस्वती सेलर मिलले उत्पादन गरेको चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

हिजो साँझ आफूहरुले तरहराबाट किनेर ल्याएको चामल पकाएर खाएको र मर्नेगरी पेट दुखेकोले आज पकाउँदा प्लास्टिक मिसिएको पुष्टि भयो । उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि उक्त चामलमा भने ढिलो पाक्ने र पाक्दापाक्दै बल जस्तो सारो बन्ने स्थानीयले बताए । सो चामलको भात खाएपछि पेट दुख्ने समस्या देखिएको थियो । खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफर्दा उफ्रिएपछि शंका लागेको बताइन् ।

‘बेलुकी घरमा ल्याएर खाइयो, खाएपछि पेट दुख्यो,’ रुपक थापाले भने, अहिले हेर्दा डल्लो पर्ने र बल जसरी उफ्रिने हुन्छ, प्लास्टिक मिसीएको रहेछ । खबर राजधानी दैनिकले छापेको छ ।

सामाजिक सञ्जालमा पाक्दापाक्दैको भात बटारेर गोलो बल आकारको बनाएर भुईमा ठोक्काउँदा बल जस्तै उफ्रेको एक भिडियो भाइरल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?