७ चैत्र २०७९, मंगलवार

राणाको राप्रपाभित्र शुरु भयो खतरानाक खेल, जोगिएला पार्टी ?

२०७४,भाद्र,२६,सोमवार ०७:११

0
Shares

काठमाडौं,२६भदौ ।राप्रपा प्रजातान्त्रिकमा सरकारको विषमया उग्र विवाद भएको छ । पार्टीका कम्तीमा १० सांसदले राजीनामा दिने तयारी थालेका छन् ।सरकारमा पार्टीका एक राज्यमन्त्रीसहित ४ जना जाँदा राप्रपा पृष्ठभूमिबाट आएकाहरुलाई अध्यक्ष पशुपति शमशेर राणाले उपेक्षा गरेको भन्दै सो समूहका सांसदहरुले सामूहिक राजिनामा दिने तयारी गरेका हुन् । विहान पशुपतिलाई भेटेर यसबारे जानकारी दिएका उनीहरुको आजै छुट्टै भेला हुँदैछ । भेला १ बजेपछि बोलाइएको सांसद सइन्द्र बान्तवाले बताइन् । उनका अनुसार रामकुमार शर्मा, सयन्द्र वान्तवा, राज्यलक्ष्मी श्रेष्ठ, कमला शर्मा, विराज विष्ट, बबिना लावती मोक्तान लगायतको सहभागिता रहनेछ र के गर्ने भन्नेमा टुंगोलगाइनेछ ।‘सरकारमा जाने विषयमा हामीसँग कुनै छलफल पनि भएन, छलफल नभएपनि समाबेशी बनाइएको भए केही थिएन, सवै पुरुषमात्रै पठाइयो त्यो पनि एक व्यक्ति एक पदको नीति विपरित भयो त्यसैले हामी विकल्प सोच्न बाध्य भयौं’, असन्तुष्ट मध्येकी एक सांसद राज्यलक्ष्मी श्रेष्ठले भनिन् ‘अब हामी सामुहिक राजिनामा दिने तयारीमा छौं ।’भेटमा उनिहरुले रेशम लामाको नाम फिर्ता लिएर कोही एक महिला सांसदलाई सरकारमा पठाउन राणालाई भनेका थिए । तर, जवाफमा अध्यक्ष राणाले ‘अव अहिले केही हुदैन, अर्को पटक हुने मन्त्रिमण्डल विस्तारमा महिलालाई सहभागि गराउला’ भनेर फर्काएका थिए ।सरकारमै जाने विषयमा राप्रपा अध्यक्ष कमल थापासँग विद्रोह गरेर नयाँ पार्टी गठन गरेका उनीहरु पुनः राणाविरुद्ध विद्रोहको तयारीमा लागेका हुन् ।पार्टीमा कुनै छलफल नगरी सुनील थापा, दीपक बोहरा र विक्रम पाण्डेलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि गराउन गराएपछि आक्रोश पैदा भएको हो । यस्तै रेशम लामालाई राज्यमन्त्री बनाइएको छ ।पार्टी विभाजनका बेला राणालाई बलियो साथ दिएपनि लाभको पद लिने बेलामा भने सीमित मुख्य नेताहरुलाई मात्रै अवसर दिएको गुनासो असन्तुष्टहरुको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०७:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

काठमाडौं । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले

काठमाडौं । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु(को निर्वाचन हुने भएको छ ।

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०