बलात्कार मुद्धामा रोनाल्डोले पाए यस्तो नतिजा, अब के हुन्छ ?

appharu
0
Shares
तस्वीर: गृगल

एजेन्सी । बलात्कारको आरोप रोमल्लि रहेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई राहत मिलेको छ ।

अमेरिकी अभियोजनकर्ताले रोनाल्डोमाथि लागेको यौन दुर्व्यवहारको बिषयमा कुनै सजाय भोग्न नपर्ने बताएका छन् ।

सन् २००९ मा ३४ बर्षिया क्याथरी मेरागाले लास भेगासको होटलमा रोनाल्डोले आफुमाथि बलात्कार गरेको आरोप लगाएकी थिईन् ।

सन् २०१० मा घटनाको बिषयमा अदालत बाहिर दुवै पक्षबीच सहमती भएको थियो । तर सन् २०१८ मा सो मुद्वा पुन दर्ता गरीएको थियो । जुन आरोपलाई रोनाल्डोले अस्विकार गर्दै आएका थिए ।

‘यस बिषयमा सुचनाको समिक्षाको आधारमा रोनाल्डोविरुद्व लागेको आरोपको पुष्टि हुन सक्दैन । त्यसैले आगामी दिनमा कुनै सजाय हुनेछैन ।’ बक्क्तव्यमा भनिएको छ ।

अमेरिकाको क्लर्क काउन्टी जिल्लामा पिडितले सन् २००९ मा आफुमाथि भएको घटनाको निवेदन दिएकी थिईन । तर घटना भएको स्थान र ब्यक्तीको बिषयमा बोल्न अस्विकार गरेकी थिईन् । सोही कारण प्रहरीले कुनै सार्थक पहल गर्न सकेको थिएन ।

सन् २०१८ मा लास भेगास पुलिसले पिडितको अनुरोधमा पुन घटनाको अनुसन्धान सुरु गरेका थिए ।जर्मन पत्रिकाले पहिलो पटक घटनाबारे एक सामाग्री प्रकाशन गरेको थियो ।

घटना बाहिर नल्याउने शर्तमा सन् २०१० मा अदालत बाहिर करिब ४ करोड रुपैयाँमा दुवै पक्षबीच सहमती बनेको थियो ।

तर मेरागाका वकिलले मिटु अभियानबाट प्रेरित भएर घटना पुन बाहिर ल्याएको बताएका थिए ।

रोनाल्डोले सन् २००९ मा लास भेगासमा भेटिएको कुरालाई स्विकार गरेका थिए । तर घटना दुवै पक्षको सहमती भएको रोनाल्डोको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?