घुस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षक पक्राउ


लोकपथ
प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार २२:१८

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी बगाह, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई नियन्त्रणमा लिएको छ ।

निज प्रसनी थापाले हार्डवयरको सामान बिक्री वितरणका लागि सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग रु तीन हजार ५०० घुस लिएको अवस्थामा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित एक रेष्टुरेन्टबाट घुससहित नियन्त्रणमा लिएको हो । उनले पटकपटक सो क्षेत्रका व्यापारीमाथि घुस माग्दै दुःख हैरानी दिई व्यवसायमा कठिनाइ पु¥याएकोसमेत अख्तियारले जनाएको छ ।

निजलाई गए राति नियन्त्रणमा लिइएको भए पनि अख्तियारले आज मात्र सार्वजनिक गरेको हो । निज प्रसनी थापालाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार यादवले जानकारी दिनुभयो ।

Tags :
प्रतिक्रिया दिनुहोस
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, ३२ हजार नपाएकाे झोँकमा हत्या

सिन्धुपाल्चोक– इलाका प्रहरी कार्यालय मेलम्चीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ

प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे निजी चिकित्सकको यस्तो खुलासा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको

शालिकराम मृत्यु प्रकरण : रवि लामिछाने हिरासतमा बस्दै गर्दा बाेले नेता केसी

काठमाडौँ- काँग्रेस नेता अर्जुन नरसिंह केसीले नुवाकाेटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु या आत्महत्या

पुडासैनी ‘आत्महत्या’ प्रकरण: प्रचण्डपुत्री रेणु दाहालले बल्ल मुख खोलिन् !

काठमाडौं । भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा भैरहेको अनुसन्धानमा बाधा पुगेको