चन्द समूहले हतियार र आतङ्ककारी गतिविधि छाड्नुपर्छ : उपप्रम पोखरेल

appharu
0
Shares
तस्वीर गूगल

विराटनगर- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेत्रविक्रम चन्द समूहले हतियार र आतङ्ककारी गतिविधि छोडेमा मात्र सरकारले वार्ता प्रक्रिया आगाडि बढाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिले चन्द समूहसँग सरकारले औपचारिक रुपमा वार्ताको प्रक्रिया अगाडि नबढाएको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले संसद्मा मिडिया काउन्सिल, विभिन्न आयोगका विधेयक जवाफदेहीपूर्ण दर्ता गरेको बताउँदै यस सम्बन्धमा भएका त्रुटिका विषयमा त्यहीँ छलफल गरेर सच्याउनुपर्नेमा जोड दिँदै बाहिर हल्ला मच्चाएर विरोध गर्नु उचित नभएको धारणा व्यक्त गर्नुभयो ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले जिल्ला इन्चार्जहरु नियुक्तिमा कसैको पनि विरोध नरहेको बताउँदै पार्टी एकताको काम पनि सहमतिकै आधारमा हुने बताउनुभयो । “जिल्ला इन्चार्ज, केन्द्रीय विभाग, जनसङ्गठन र केन्द्रीय आयोगका विषयमा समेत सहमति हुनेछ”, उहाँले भन्नुभयो, “२२ सङ्गठन फाँट र ३२ वटा आयोगमा जिल्लामा नसमेटिएका नेताहरुलाई जिम्मेवारी दिइनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?