थाइल्याण्डमा १० नेपाली प्रशिक्षार्थीको उद्धार

appharu
0
Shares

काठमाडौँ- काठमाडौँको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत तालीमका लागि थाइल्याण्ड गएका १० नेपाली प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

ती प्रशिक्षार्थीले सम्झौताबमोजिम तालीम सुविधा नपाएकाले समस्या परेको व्यहोरासहित त्यहाँस्थित नेपाली राजदूतावासमा निवेदन दिएपछि उनीहरुलाई उद्धार गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ । कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत नेपाली प्रशिक्षार्थीहरु थाइल्याण्डको बैंककस्थित अन्तर्राष्ट्रिय होटेल तथा एअरलाइन्स स्कुलमा फुड एण्ड बेभरेज तालीमका लागि भनी थाइल्याण्ड गएका थिए ।

राजदूतावासको पहलमा १० जना प्रशिक्षार्थीमध्ये यही साउन १ गते तीन र साउन ३ गते बाँकी सात जनालाई उद्धार गरी नेपाल फकाइसकिएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपाली विद्यार्थीले कन्सल्टेन्सीमार्फत विदेशस्थित शैक्षिक संस्था तथा तालीम प्रदायक संस्थामा अध्ययन वा तालीमका लागि जानुभन्दा अगाडि त्यस्ता संस्थाका बारेमा विस्तृत जानकारी लिन र यकिन गरेर मात्र प्रक्रिया अघि बनाउन उपयुक्त हुने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?