६ श्रावण २०७६, सोमबार २२:०३

कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन : पौडेल


प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार २२:०३

हेटौँडा–नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गर्नुभएको छ । उहाँले आज हेटौँडामा विश्वेश्वरप्रसाद कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कम्युनिष्टहरू शुरुदेखि नै देशको भन्दा आफ्नो दल, कार्यकर्ता र व्यक्तिको उन्नतिका लागि मात्र काम गर्दै आइरहेको आरोप लगाउनुभयो ।

नेता पौडेलले अहिले सरकार भ्रष्टाचारको दलदलमा फसेको जिकिर गर्दै कम्युनिष्ट पार्टीको विकल्पका रूपमा  काङ्ग्रेसलाई उभ्याउनुपर्ने भन्दै पार्टीले जनताको भरोसा जित्न नसक्नुका कारण माथि आत्मसमीक्षा गर्न जरुरी रहेको बताउनुभयो । बिपीको आदर्शलाइ आत्मसात् गर्न सकेमा मात्र पार्टी बलियो हुने र आफ्नो गल्ती स्वीकार गर्न सकेमा मात्र बिपीको अनुयायी भन्न सुहाउने नेता पौडेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउँछौँ : पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नागरिक उड्डयनको क्षेत्रलाई

सेज आइटी पार्कजस्तो नहोस् : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) बनेपाको

मुख्यमन्त्रीद्वारा विमानस्थलको अनुगमन

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको टरिगाउँ विमानस्थलको अनुगमन

‘उप’भनेर हेरिने दृष्टिकोण बदल्नुपर्छ

काठमाडौं । सात प्रदेशका उपसभामुखले सङ्घीयता कार्यान्वयनसँगै यसको संस्थागत विकास गर्न आफूहरुले भूमिका