जापान सरकारले नेपाललाई गर्ने भयो ठूलो धनराशीको सहयोग

appharu
0
Shares

काठमाडौ । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना कार्यान्वयनका लागि नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मासामिची साईगोको उपस्थितिमा जाईका, नेपालकी प्रमुख प्रतिनिधि यूमिको आसुकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालबीच सो दुई परियोजना कार्यान्वयनका लागि ६३ करोड ९९ लाख अनुदान सहायता प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

जापानले सन् २०१५ बाट नेपालमा सहायता उपलब्ध गराउँदै आएको ती दुई परियोजनामा थप ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थसचिव खनालले जानकारी दिनु भयो ।

नेपालका लागि जापानका राजदुत मासामिचीले नेपालको दीगो विकासका लागि शिक्षा तथा मानव संशाधन विकासको क्षेत्रमा संचालित परियोजनालाई आर्थिक सहायता उपलब्ध गराउने कामलाई निरन्तरता दिइएको बताउनु भयो ।

उहाँले सो परियोजनबाट नेपालको गरिवी निवारणमा पनि उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

जापानले नेपालको दिगो विकासका लागि पूर्वाधार, शिक्षालगायतका क्षेत्रका आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?