विप्लव समुहका दुई कार्यकर्ता पक्राउ


प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १८:२९

काठमाडौं । नेत्रविक्रम चन्द समूहका दुई नेता पक्राउ परेका छन् । जुम्लाको हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला सेक्रेटरी शाहीको घरबाटै दुवै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक नवीन वलीले बताउनुभयो ।

सेक्रेटरी शाही र विष्ट धाँचुगाउँमा आएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वलीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट चन्दा रसिद ३०, युवा सङ्गठन नेपालको लेटरप्याड चार, पर्चा पम्प्लेट १०३, सिमकार्ड एक, मोबाइल दुई र पुस्तक आठ थान बरामद गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस
११ अर्ब बराबरको धागो निर्यात

काठमाडौं । पछिल्लो समय व्यापार घाटा बढ्दै गएको बेला करीब रु ११ अर्ब

बाँके घटनाको छानवीन नगरी कारबाही प्रक्रिया अघि बढाउन सकिँदैन : संचारमन्त्री बाँस्कोटा

काठमाडौं । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बाँके घटनाको

संविधान दिवसमा रत्नपार्क र बाइसधारा प्रवेश निशुल्क, काठमाडौं महानगरको यस्तो तयारी

काठमाडौं – अरु बेला पैसा तिरेर मात्रै छिर्न मिल्ने रत्नपार्क र बालाजु पार्कमा

नागरिक उड्ययन प्राधिकरणले कर्मचारीलाई किन बाड्दैछ अर्वौ रकम ?

काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले आफ्ना कर्मचारीलाई सवा एक अर्वभन्दा बढि रकम बोनस