२ जेष्ठ २०७९, सोमवार

बाटो निर्माण विवादमा वडाध्यक्ष कुटिए

२०७४,पुष,१५,शनिवार १५:०७

0
Shares

जाजरकोट, १५ पुस – सडक निर्माणको विषयमा विवाद हुँदा स्थानीयवासी युवाको कुटाइबाट भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरा महेन्द्र शाही घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख भावेश रिमालले दिएको जानकारीअनुसार वडाध्यक्ष चन्द्रबहादुर शाहीले डिलबहादुर शाहीलाई सडक निर्माणका लागि जिम्मा दिएका थिए । स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माण गर्ने जिम्मा डिलबहादुर शाहीलाई दिएपछि दीपेन्द्र शाहीलगायतका युवाले सो सडक आफूले निर्माण गर्न पाउनुपर्ने माग राखेर विवाद गरेका थिए । एक हप्तादेखि बढेको विवादले शनिबार वडाध्यक्ष चन्द्रबहादुर शाही र उनका छोरामाथि दीपेन्द्र शाहीको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक रिमालले बताए । भेरी नगरपालिकाबाट रु २८ लाखमा स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । घाइते वडाध्यक्षको उपचारका लागि अहिले नेपालगञ्ज लैजाँदै गरेको र आक्रमणकारी समूह फरार भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार १५:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी रहेको छ । सो क्रममा हालसम्म देशभरका धेरै पालिकाहरुकमा नेपाली

नुवाकोट । जिल्लाको तारकेश्वर गाउँपालिकामा गठबन्धनका उम्मेदवारले पालिका प्रमुख र उपप्रमुखमा जित हासिल गरेका छन् । सोमबार आएको अन्तिम नतिजा

नुवाकोट । जिल्लाको तादी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले गाउँपालिकाको प्रमुखमा जित हासिल गरेका छन् । सोमबार आएको अन्तिम मत परिणाम

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले हालसम्म ७२ स्थानीय तहमा जित हात पारेको छ । यीमध्ये यसअघि २०७४ सालको स्थानीय

ताजा समाचार