राहत लिएर तराई पुग्यो नेविसंघ

काठमाडौं । जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघले बाढी पीडितहरुलाई राहत वितरण गरेको छ ।

नेविसंघले निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा तराईमा रहेका बाढी पीडितहरुलाई राहत वितरण गरेको हो ।

सोमबार रौतहटस्थित गढीमाइ नगरपालिका वडा न. ३ मा राहत सामाग्री वितरण गरिएको नेविसंघका निवर्तमान केन्द्रिय सदस्य शुशील भट्टले जानकारी दिनुभयो ।
भट्टका अनुसार तिनसय परिवारलाई चामल, तेल, पाल, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण यादव, सांसद देब प्रसाद तिमल्सिना, धनलाल ढोकर, स्थानीय जनप्रतिनिधि, विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी, बलदेव तिमल्सिना लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?