७ चैत्र २०७९, मंगलवार

नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित

२०७४,भाद्र,२६,सोमवार ०७:०३

0
Shares

 काठमाडौँ, २६ भदौ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको छ ।मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो । टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनायो ।नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ९१ रन बनाए । सतक बनाउनबाट नौ रनले चुकेका साहले ७४ बलको सामना गर्दै पाँच छक्का र ६ चौका प्रहार गरे । प्रनित थापा मगरले ६१ बलमा एक छक्का र तीन चौकासहित ५० रन बनाए । सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, कप्तान दिपेन्द्रसिंह ऐरीले २२, पवन सर्राफले २२ र आसिफ शेखले २१ रन बनाए ।नेपालको घातक बलिङका सामू थाइलैण्ड निरिह देखियो । कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सन्दिपले सात विकेट लिने क्रममा चार ओभर बलिङ गरी मात्र ६ रन खर्चिए । कप्तान दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र किशोर महतोले एक–एक विकेट लिए ।प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब सिंगापुर र भुटान विरुद्ध खेल्नेछ । नेपालले बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल्नेछ । समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् । फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छन् ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०७:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा

काटमाडौं । नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न उसु महासंघको साधारण

काठमाडौँ । छिन्नमस्ता बाहिनीले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधि जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा

काठमाडौं । सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने

ताजा समाचार

सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०
पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा
 २०७९,चैत्र,७,मंगलवार १२:२६