कृषि विकास बैंकको चमत्कारीक उपलब्धि,पौने ६ अर्ब मुनाफा हासिल

appharu
65
Shares
तस्वीर: गुगल

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षमा १ खर्ब १९ अर्ब २३ करोड निक्षेप संकलन गरेको छ भने १ खर्ब ११ अर्ब ७५ करोड कर्जा प्रवाह गरी पौने ६ अर्ब मुनाफा हासिल गरेको छ ।

बैंकले निष्कृय कर्जाको अनुपात २ दशमलव ४० प्रतिशतमा सिमित गरी लक्ष्य बमोजिम प्रगति गरेको जनाएको छ । बैंकका नयाँ प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय आएको झण्डै सात महिनाको अवधिमा यो उपलब्धि हासिल भएको हो ।

उपाध्याय आफु उप–महाप्रवन्धक रहँदा बनाएको पञ्चवर्षिय योजनालाई ऐतिहासिक सफलता दिलाउन सफल हुनुभएको हो । पौने ६ अर्ब मुनाफा हासिल गरेसंगै नेपालको बैंकिङ्ग बजारमा नाफा कमाउने बैंकहरुमध्ये तेश्रो स्थानमा पर्ने अनुमान छ ।

प्रमुख कार्यकारी अधिकृतले बैंकमा आउँदा पेश गरेको व्यावसायिक योजना, बैंकका नीति, कार्यक्रम र उद्देश्य तथा नियमनकारी निकायका निर्देशनलाई पालना गर्दै बैंकले हासिल गरेको यसप्रकारको प्रगतिले बैंक भित्रका कर्मचारी, शेयरहोल्डर, लगानकर्ता लगायत सरोकारवाला पक्ष निकै उत्साहित भएको बैंकले जनाएको छ ।

बैंक अनुभवी संचालक समितिका अध्यक्ष र सिईओले सरल, लगनशील र नेतृत्वदायी भूमिकामा काम गर्न सक्षम व्यक्तिहरुलाई उप–महाप्रवन्धक एवं विभागीय प्रमुखको जिम्मेवारी दिनुका साथै कर्जा अनुगमन तथा असूली विभागमा समेत बैंकको फिल्ड व्यवसाय र असूलीमा लामो अनुभव भएका व्यक्ति ध्रुवचन्द्र गौतमलाई जिम्मेवारी दिए पश्चात बैंकले “सघन असुली कार्यक्रम” सञ्चालन गरेको थियो । जसले गर्दा बैंकको ईतिहासमै निष्क्रिय कर्जालाई सबैभन्दा कम अनुपातमा सिमित राखी नाफा हासिल गरेको बैंक भित्रका कर्मचारीवृत्तमा चर्चा चलेको छ ।

नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको कर्जाको पोर्टफोलियो अनुपातलाई अनुसरण गर्ने एक मात्र बैंकको रुपमा आफुलाई स्थापित गर्दै बैंकले अहिले एटिएम, एसएमएस, मोवाईल बैंकिङ्ग, लकर, शैक्षिक कर्जा, रेमिट, एलसी, ग्यारेन्टि लगायत कार्ड व्यवसायसँगै कोष तथा गैह्रकोषमा आधारित कारोबारलाई प्रविधिमैत्री बनाई सरल, भरपर्दो र सहज बनाएको छ ।

शहरमा संकलन गरेको पुँजी, ज्ञान, प्रविधि, कर्जा र आर्थिक तथा प्राविधिक सहयोग ग्रामिण तह सम्म पुराउँदै आफ्नो सेवालाई विविधिकरण गर्न बैंक सफल देखिन्छ । बैंकले आप्mनो नियमित कार्यक्रमका साथै नेपाल सरकारको सहयोगमा सञ्चालित विभिन्न सेवामुलक कार्यक्रमहरुः लघुउद्यम विकास तालिम, सामाजिक तथा सामुदायिक कार्यक्रम, लघु बिमा कार्यक्रम, लघु घरेलु तथा साना उद्योग कर्जा कार्यक्रम एवं आफ्ना ग्राहकलाई आर्थिक, प्राविधिक ज्ञान र शिप समेतको सहयोग गर्दै आएको छ ।

चुनौतीलाई अवसरमा परिणत गर्नसक्ने खुवी हुनुभएका अनुभवी सिईओको सफल नेतृत्वका कारण बैंकले निक्षेप, लगानी, नाफा, एनपिएल लगायतमा उल्लेख्य प्रगति गरेको छ । बैंकका अध्यक्ष र सिईओले बैंकको प्रगतिमा उल्लेख्य भूमिका निर्वाह गर्ने नेतृत्व तहका कर्मचारीलाई उच्च मुल्यांकन गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । खासगरी ट्रेजरीबाट गरेको नाफा, कृषि, कर्जा लगानी र असूली विभागले गरेको प्रगतिमा सम्बन्धित विभागका विभागीय प्रमुखसँग उच्च व्यवस्थापन सन्तुष्ट रहेको छ ।

आगामी आर्थिक वर्षमा पनि बैंकले आप्mना शाखा कार्यालयहरु मार्फत सेवा तथा सुविधालाई विस्तार गर्ने, कारोबारहरुलाई ऐन, नियम तथा कानुन भित्र रहेर प्रविधिमैत्री बनाउने योजना रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?