प्रचण्डकी नातिनीको नयाँ गीतबारे विशेष खुलासा, रातारात चर्चित गायकको स्वर हटाईयो (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । गएको शुक्रबार गायिका स्मिता दाहालको नयाँ गीत जालमै पार्छु भब्य कार्यक्रमकाबीच सार्वजनिक भयो ।

गीतले अहिले चर्चा बटुलिरहेको बेला नयाँ ट्वीष्ट बाहिरिएको छ । एक नारायण भण्डारी शब्द रहेको गीतमा संगीत तथा एरेन्ज आशिष अविरलको रहेको छ । गायिका स्मिता दाहालसंगै गप्तमा संगितकार अविरलको पनि स्वर रहेको छ । तर जालैमा पार्छु गप्तमा आशिषले अन्त्यमा मात्रै गाउनुभएको हो ।

त्यो भन्दा अगाडि नेपाली सुगम संगितका एक चर्चित गायकले गीत रेकर्ड गराएर फाईनल भईसकेको थियो । तर पछि आशिष अविरलको भोकल राखिएको हो । लोकपथसंगको कुराकानीमा गायिक स्मिता दाहालले पहिले नै एक जना चर्चित गायक र मैले गीत गाएर फाईनल भएको थियो ।

तर पछि उहाँको भोकल गीत अनुसार म्याच नभएको भन्ने सबैको सल्लाह अनुसार परिर्वतन गरिएको बताउनुभयो ।

गीतमा चर्चित मोडल तथा नायिका आँचल शर्मा र विजु पार्कीको अभिनय रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रविन सिंहले गर्नुभएको हो ।

म्यूजिक भिडियोको छायाँङ्कन ज्ञानेन्द्र शर्मा हुमागाईको र सम्पादन विकाश ज्ञवालीको रहेको छ । गायिका स्मिता पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्ट (नेकपा) अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?