बीपीको मार्गदर्शनबाट बिचलित नहुन नेता के.सीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह के.सीले जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसरमा बीपीको मार्गदर्शनबाट बिचलित नहुन आग्रह गर्नुभएको छ ।

बीपीको ३७ औँ पूण्यस्मृति दिवसकोअवसरमा सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उहाँले पार्टीहरुमा वैचारिक पक्ष मुर्झाईरहेको र बिभिन्न कोणबाट लोकतान्त्रिक आदर्शमाथि निरन्तर प्रहार भैरहेको आजको स्थितिमा हरेक लोकतन्त्रवादीले उहाँका विचारद्वारा वैचारिक पुनर्जागरणको सशक्त अभियानमा जुट्न प्रेरणा लिने दिन भएको भन्दै उहाँले लेख्नुभएको छ, “विगतमा बीपी लगायत काँग्रेसका अग्रज राजनेताहरुले हिँडेको बाटोबाट हामीमा केही विचलन आएको परिणामस्वरुप भएका गल्तीबाट आज काँग्रेस कमजोर र रक्षात्मक स्थितिमा पुगेको तीतो सत्य हो । यसलाई आत्मसात गर्दै यो पूण्यस्मृति दिवसमा वैचारिक निष्ठाका साथ बीपीलाई सम्झौं र आआफ्नो कमीकमजोरीलाइ सुधार्ने प्रतिबद्धताको साथ ईमान्दारी पुर्बक क्रियाशील रहौं ।”

कहिँ कतैपनि लोकतन्त्रको पक्षमा स्वतन्त्र रुपले सक्रिय रहेकाहरु पनि काँग्रेसका आफन्त हुन् भन्ने आफ्नो मान्यता भएको भन्दै लोकतन्त्र सुदृढ र सार्थक हुनु नै काँग्रेस सबल हुने उहाँको मत छ ।

जननायक बीपी कोइरालाले दिनुभएको मार्गदर्शनलाई नछोडी अगाडि बढेमा हामी राष्ट्रियता, लोकतन्त्र र समाजवादको गन्तब्यमा कुशलतापूर्वक पुग्न सक्ने भन्दै यही मान्यताको मानसिकताले बीपीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै काँग्रेसका सम्पूर्ण साथीहरुमा हार्दिक शुभेच्छा व्यक्त गर्नुभएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज, नेपाली साहित्य जगतका मुर्धन्य व्यक्तित्व तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व विश्वेश्वर प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?