शेयर बजार: नेप्सेमा सामान्य सुधार

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ४८ विन्दुले बढेर एक हजार २७१ दशमलव २३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव १९ विन्दुले बढेर २७३ दशमलव ५० मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका कूल ११ उपसमूह मध्ये तीन उपसमूहको शेयर आरोलो लागेको छ ।

त्यसमा निर्जीवन बीमा कम्पनी २१ दशमलव ८३, जीवन बीमा ६ दशमलव ४ र सामूहिक लगानी कोष ० दशमलव १९ विन्दुले घटेको छ । यस्तै बैंकिङ २ दशमलव ३४, होटल १७ दशमलव ०९, विकास बैंक १ दशमलव ७, जलविद्युत् ५ दशमलव ७३, वित्त ० दशमलव ८७, उत्पादन ७ दशमलव ४५, अन्य २ दशमलव ०६ र लघुवित्त ७ दशमलव ४८ विन्दुले बढेको छ ।

लाभकर गणना विधिका विषयमा बुझाइमा केही समस्या भएपछि लगानीकर्ता अन्योलमा परेकाले बजार अपेक्षित उकालो लाग्न नसकेको बताइएको छ । स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल दुई करोड ३६ लाख ९८ हजार ६५ बराबरको कारोबार भयो ।

यस्तै, सिभिल बैंक एक करोड ६७ लाख ८८ हजार १४२, नबिल बैंक एक करोड ५८ लाख ५९ हजार ९२१, शिवम् सिमेन्ट एक करोड ४८ लाख ५९ हजार ६०३ र नेपाल बैंक एक करोड १० लाख ६३ हजार ५९२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज ६ दशमलव ९३ प्रतिशतले कमाए ।

यस्तै सपोर्ट माइक्रोफाइनान्स ५ दशमलव ६१, प्रुडेन्सियल इन्स्योरेन्स ३ दशमलव ७०, नेशनल माइक्रोफाइनान्स ३ दशमलव ५८ र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २ दशमलव ९७ प्रतिशतले कमाए ।

यसैगरी माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५ दशमलव ७२, समिट लघुवित्त वित्तीय संस्था ५ दशमलव ०९, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४ दशमलव १०, नेपाल हाइड्रो डेभलपर ३ दशमलव ९० र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ५५ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?