एकाबिहानै मुख धोइरहेका पुजारीको खुकुरी प्रहार गरि हत्या

काठमाडौं । सुनसरीको देवानगञ्जमा सोमबार बिहान हत्या गरिएका ४० वर्षीय भारतीय नागरिक बिलु यादव ‘पुजारी’ भएको पुष्टि भएको छ ।

उनी तीन दिनदेखि देवानगञ्ज–२ बजार क्षेत्रस्थित रामजानकी मन्दिरमा बस्दै आएका थिए । भारत अररिया जिल्ला मानिकपुर घर भएका यादवको बिहान पौने ६ बजेतिर खुकुरी प्रहारबाट हत्या गरिएको थियो ।

उनको हत्यामा संलग्न महानन्द मेहता मानसिक रोगी भएको समेत बताइएको छ । स्थानीय राजु मेहताका अनुसार महानन्द लामो समयदेखि मानसिक रोगी भएको जानकारी दिनुभयो ।

बिहान कलमा मुख घोइरहँदा खुकुरी प्रहार गरी हत्या भएको हो । उनको घाँटी रेटिएको नभई खुकुरी प्रहारबाट पछाडि भाग गर्धनमा गहिरो चोट लागि मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?