बारामा गोली प्रहार गरि एक युवकको हत्या

काठमाडौं । बारामा गोली प्रहार गरि एक युवकको हत्या गरिएको छ । जिल्लाको सुवर्ण गाउँपालिका-१ बगहीस्थित नहर छेउमा अन्दाजी २१ वर्षका युवकको कन्चटमा गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । मृतकको सनाखत भइसकेको छैन ।

मृतक युवकको हातमा ट्याटुले खोपेर सौरभ लेखिएको प्रहरीले जनाएको छ । सोमबार बिहान २ बजेतिर बगही नहर छेउमा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार मृतक युवकको शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा पठाइएको छ । गोली कसले र किन चलायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?