आन्तरिक राजश्व कार्यालय भरतपुरको राजश्व आठ अर्बले बढ्यो

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । आन्तरिक राजश्व कार्यालय भरतपुरले अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष आठ अर्ब २१ करोड ५४ लाख नौ हजार बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षमा ३० अर्ब दुई करोड ९० लाख सात हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको ३५ करोड राजश्व थपिने क्रममा रहेको छ । अघिल्लो आर्थिक वर्षमा २१ अर्ब ८१ करोड ३५ लाख ९८ हजार राजश्व सङ्कलन भएको थियो ।

कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार सङ्कलित राजश्वमध्ये सबैभन्दा बढी अन्तशुल्कको छ । अन्तशुल्कमा २६ अर्ब दुई करोड ७४ लाख ९९ हजार सङ्कलन भएको छ । त्यसैगरी आयकर दुई अर्ब २१ करोड ३४ लाख ९५ हजार, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ५७ करोड ८६ लाख ३१ हजार, ब्याज करतर्फ १० करोड ३९ लाख तीन हजार, वहाल करतर्फ पाँच करोड ९३ लाख ४९ हजार राजश्व सङ्कलन भएको छ ।

यस्तै स्वास्थ्य सेवा करतर्फ तीन करोड, ३४ लाख १९ हजार, शिक्षा सेवा शुल्क एक करोड २७ लाख ११ हजार राजश्व सङ्कलन भएको छ ।

कार्यालयलाई विभागले तोकेको लक्ष्य पूरा गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?