काठमाडौँ, १५ पुस – नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन आयोगले मतपरिणामलाई सार्वजनिक गरेर चुनावी कार्यक्रमलाई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् अखिल नेपाल महिला संघ काठमाडौँ ९ ले आज आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले नेपाली काँग्रेसले निर्वाचनमा व्यहोर्नपरेको हारलाई सहज रुपमा लिन नसकेको बताए उनले वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति क्रियाशील रहेको पनि बताए राष्ट्रियसभा गठनका लागि ल्याइएको अध्यादेश गैरसंवैधानिक भएको विचार व्यक्त गर्दै उनले राष्ट्रपतिलाई सो अध्यादेश जारी गर्न बाध्यात्मक अवस्था सिर्जना गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया