६ श्रावण २०७६, सोमबार १३:३१

दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु


प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १३:३१

काठमाडौं । दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका-१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही-१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो ।

उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।

Tags:

प्रतिक्रिया दिनुहोस
नक्कली नेपाली नोटसहित एक युवक काठमाडौंबाट पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट १ हजार दरका ६ थान नक्कली नेपाली

सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौं । धनुषा, बर्दिया, खोटाङ, दाङ, काभ्रे, बाँके, सुर्खेत र झापाका विभिन्न स्थानमा

नुवाकोटका सबै स्थानीय तह पहिराको जोखिममा

काठमाडौं । नुवाकोटका बाह्रैवटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेका एक

नुवाकोटका किसानले क्षतिपूर्तिको लागि कृषि ज्ञान केन्द्रमा निवेदन दिए

काठमाडौं । गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण पीडित भएको भन्दै