११ जेष्ठ २०७९, बुधबार

तार जोड्दा करेन्ट लागेर मृत्यु

२०७४,पुष,१५,शनिवार १४:५६

0
Shares

धादिङ, १५ पुस- लापर्बाहीपूर्वक हाइटेन्सन लाइनको तार जोड्ने काम गर्दा आज मध्य धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४, पुर्सुकमा एकजना मजदुरको ज्यान गएको छ तार जोड्दै गर्दा माथि अर्काे तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला वित्थडचिर गाउँपालिका वडा नं ८ का २२ वर्षीय जयराम अगस्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए लाइन बन्द नगरी मुख्य लाइन (हाइटेन्सन लाइन) को तार जोड्ने काम गर्दै गर्दा करेन्ट लागेपछि अगस्तीको घटनास्थलमै मृत्यु भएको र अहिलेसम्म पनि तारमा अड्किरहेको र शव झिक्न नसकेको प्रहरीले जानकारी दिएको छ गाउँमा शाखा लाइन जोड्न पोल गाड्ने र तार टाँङ्ने काम भइरहेको अवस्थामा एक टोली खम्बा गाड्ने काम गर्दै गर्दा अगस्ती तार जोड्न पोलमा चढेको र घटना भएको सुनेर उद्धारका लागि गाउँवासी सो स्थानमा पुग्दा उनको मृत्यु भइसकेको अर्का कामदार हरि तिमल्सिनाले जानकारी दिए रातिको समय भएकाले शव पोलमा झुण्डिएको अवस्थामा निकाल्न नसकेका कारण सदरमुकाम ल्याउन सकिएको छैन । प्रहरी टोली घटनास्थलमा पुगेको छ । कामदारको लापर्बाही र सुरक्षा उपाय नअपनाई काम गरिएकाले घटना भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार १४:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

ताजा समाचार