सुनसरीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु

appharu
0
Shares

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटनामा गए राति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवानगञ्ज गाउपालिका-२ का धीरेन यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले जानकारी दिनुभयो ।

बिआर ३८ एफ ८९३८ नम्बरको भारतीय मोटरसाइकल लिएर घुमफिर गर्न निस्केका यादवको सवारी साधन अनियन्त्रित भएर पुलमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका यादवको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?