एसीसी कप क्रिकेट एक साता पछि सर्यो

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । श्रीलंकामा आयोजना हुन लागेको नेपालसहित एसियाका राष्ट्रले प्रतिस्पर्धा गर्ने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता सरेको छ । एसीसी यू-१९ एसिया कप एक साता पछि सरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)का नेपाल प्रतिनिधि भावना घिमिरेले प्रतियोगिता एक साता पछि सरेको र नयाँ मिति तय भईसकेको जानकारी दिईन् ।

घिमिरेका अनुसार अब प्रतियोगिता सेप्टेम्बर ३ देखि १५ सम्म हुनेछ । खेल तालिका भने एसीसीले सार्वजनिक नगरेको घिमिरेले जानकारी गराईन् ।

यसअघि प्रतियोगिता २८ अगष्टबाट ८ सेप्टम्बरसम्म हुने तय भएको थियो ।

प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र तथा आयोजक श्रीलंका, साविकको विजेता भारत, बंगलादेश, अफगानिस्तान र पाकिस्तान रहेका छन् । यस्तै कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल दुई साता अघि मलेसियामा सम्पन्न एसीसी यू-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?