जापान रोजगार: भाषा परीक्षा अक्टोबरमा हुने

काठमाडौं । जापान रोजगारका लागि यही अक्टोबर २७ र २८ मा भाषा परीक्षा हुने भएको छ ।
पहिलो चरणमा केयर गिभरका लागि कामदार लैजान लागिएकाले उनीहरुका लागि भाषा परीक्षा गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । भाषा परिक्षापछि सीप परीक्षा हुनेछ । सीप परीक्षा नोभेम्बर ६ र ७ मा हुने मन्त्रालयले जनाएको छ ।

भाषा परीक्षा उत्तीर्ण भएकाहरु मात्र सीप परीक्षाका लागि योग्य हुनेछन् । सीप परीक्षा उत्तीर्ण भएको २ महिनाभित्र कामदार जापान पुग्नेछन् ।

परीक्षाको मिति तोकिएपनि प्रक्रिया कस्तो हुने, पहिलो चरणमा केयर गिभरका लागि कति जनशक्ति लैजाने जस्ता विषयमा टुङ्गो लाग्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?