छोराले हसिया प्रहार गरि आफ्नै बुवाको हत्या गरे, आमा गम्भीर घाइते

काठमाडौं । कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।

घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११ः३० बजे धारिलो हतियार हसिया प्रहार गरी ७५ वर्षीय बावु काल्चे रावतको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणबाटै आमा गम्भीर घाइते भएकी छन् ।

बावुमाथिको आक्रमणबाट जोगाउन आएकी आमा नन्दे रावतमाथि पनि उदेले धारिलो हतियार प्रहार गरेका छन् । आक्रमणबाट उनी गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

घरायसी विवादमा छोराले आफ्नै बुवा तथा आमामाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धाननाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?