अमेरिकी प्रथम महिला मेलानियाको बुख्याँचाको चर्चा

appharu
0
Shares
तस्बिर गुगल

एजेन्सी । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको बुख्याँचा शैलीको सालिक बनाइएपछि अहिले सर्वत्र चर्चा भईरहेको छ ।

उहाँको गृहनगर सेभ्निकाबाट केहि पर रोज्नो गाउँमा नीलो रङको सालिक निर्माण गरिएको छ । श्रीमान् डोनल्ड ट्रम्पले देशका नाममा पहिलो पटक सम्बोधन गर्दा मेलानियाले लगाएको पहिरनको झल्को दिने गरी सालिक निर्माण गरिएको छ ।

राष्ट्रपति ट्रम्पको पहिलो सम्बोधन समारोहमा लगाएको पहिरनबाहेक सालिकको कुनै पनि कुरा मेलानियासँग नमिलेकोमा स्थानीय रुष्ट छन् । रोज्नो गाउँका एक जनाले बासिन्दाले भनेका छन, ‘सालिक मेलानिया जस्तो देखिँदैन । यो अमेरिकी प्रथम महिलाको अपमान हो ।’

जर्मनीको राजधानी बर्लिनमा आधारित अमेरिकी कलाकार ब्राड डाउनीले मेलानियाको सालिक बनाउन लगाएका हुन् । स्लोभेनियाली कलाकार अलेस जुपेभकले सालिक बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?