तटबन्धले रोकेन नदी कटान

appharu
0
Shares

काठमाडौँ। असार र साउन महिनामा बर्सेनि आउने बाढीले मध्य तथा पूर्वी मधेसका अधिकांश जिल्ला डुबानमा पर्दै आएका छन् । गाेरखापत्र दैनिकमा खबर छ ।

गत असार अन्तिम साता बाग्मती, लालबकैया, रातु, कमला, खाँडो, कोसी र कन्काई तथा पश्चिममा कर्णाली नदीको अनियन्त्रित बहावले उक्त भौगोलिक क्षेत्रका लाखौँ सर्वसाधारणको जनजीवन असहज बन्न पुग्यो । ठूलो धनराशि खर्च गरेर बनाइएका तटबन्धले पनि नदी कटान रोक्न सकेको छैन ।

नदीको बहाव नियन्त्रण गरेर क्षति न्यूनीकरण गर्न करोडौँ रुपियाँको लगानीमा तटबन्ध निर्माण गरिन्छ । मर्मतमा बर्सेनि करोडौँ रुपैयाँ खर्चिन्छ । अतिवृष्टि भएको वर्ष तटबन्धकै कारणले डुबानमा परेर नागरिकको ज्यान जोखिममा पर्दै आएको छ । बालीनाली र पशुधन पनि क्षति हुँदै आएको छ ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सरिता दवाडी भने तटबन्ध भत्काएर अनियन्त्रित बहाव मात्रैले डुबान नल्याएको बताउँछिन् । उनले अव्यवस्थित सहरीकरण र ढलको उचित निकास नहुँदा सहरी क्षेत्र डुबानमा परेको तर्क गरिन् । गएको असार महिनाको बाढीले अप्रत्याशित रूपमा डुबान निम्तिएको उउनले बताइन् ।
दवाडीका अनुसार बाग्मती, लालबकैया, कमला, खाँडोको अनियन्त्रित बहावले रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीको ग्रामीण क्षेत्रमा बढी क्षति पु¥याएको हो । झापा भएर बग्ने कन्काई र कमला नदीले मात्रै २१ स्थानमा कटान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?