बालुवाटार जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छदार बोले

appharu
0
Shares

काठमाडौं–नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको समाचार आइरहेका बेला गच्छदारले त्यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रतिक्रिया दिएका हुन् ।
आइतबार साँझ अमेरिकाबाट भारत हुँदै स्वदेश फर्किएका गच्छदारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा आफूले बालुवाटारमा सडक फराकिलो बनाउनका लागि प्रस्ताव लगेपनि भूमि सम्बन्धि कूनै प्रस्ताव नलगेको पनि पटक–पटक दोहोर्याए ।

उपसभापति गच्छदारले आफू आँखाको उपचारका लागि अमेरिकाबाट सिँधै भारत फर्के पनि सो जग्गा प्रकरणको अभियोग छल्ने काम गरेको भन्दै विभिन्न समाचार माध्यामले समाचार दिएको उल्लेख गर्दै आपत्ति जनाए ।
उनले सो प्रकरणबारे सोधपुछ गर्न चाहे आफूले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई पनि सहयोग गर्ने स्पष्ट पारे ।
अख्तियार संवैधानिक निकाय भएकाले त्यसले सोधपुछ गरे आफूले सहयोग गर्ने गच्छदारको भनाई छ ।

माधव कुमार नेपाल नेतृत्वको सरकारको पालामा गच्छदार उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार मन्त्री थिए ।
मन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको र त्यसबारे सोधपुछ गर्न अख्तियारले तयारी गरेपछि गच्छदार त्यसलाई छल्न अमेरिका र भारत भ्रमणमा गएको समाचार आएको थियो । त्यसमा सत्यता नरहेको गच्छदारको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?