च्याउ खाएर तीन जना बिरामी

appharu
0
Shares

चितवन-जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीन जना बिरामी भएका छन् ।

बिरामी पर्नेमा २५ वर्षीय बुद्धलाल बोलन, उनकी श्रीमती २४ वर्षीया सरिता र चार वर्षीय छोरा समिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनैजनाले आज बिहान जङ्गली च्याउ पकाएर खाएका थिए । बिरामी परेका उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?