के श्रृंखला र सिशन साच्चै प्रेममा छन् ?

appharu
0
Shares

काठमाण्डौं । मिस नेपाल सन् २०१८ श्रृंखला खतिवडा र भ्लगर सिशन बानियाँको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

सिशनको काँधमा श्रृंखलाले टाउको राखेर कैद गरिएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाईरल बनेको हो । यो तस्बिरले उनीहरु प्रेमी–प्रेमिका नै हुन् भन्नेहरुको संख्या सामाजिक सञ्जालमा उल्लेख्य देखिएको छ ।

यसअघि मिस नेपालको यात्रामा समेत श्रृंखलाको काममा सहयोग गर्दै आएका भ्लगर बानियाँ श्रृंखलाका प्रेमी हुन् भन्ने गसिपहरु नआएका होइनन् । तर शृङ्खलाले भने आफ्नो कोही पनि प्रेमी नभएको दावी गर्दै आउनु भएको छ ।

उनीहरुले यसबारे कुनै जवाफ दिएका छैनन् । तर सामाजिक सञ्जालमा भने उनीहरु प्रेममा नै रहेको दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?