सेञ्चुरी बैंककोे नयाँ एक्सटेन्सन काउन्टर बुढानिलकण्ठमा !

appharu
0
Shares


सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र वडा नं ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ।
बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र वडा अध्यक्ष राजु अधिकारीले एक्सटेन्सन काउन्टर उद्घाटन गरेसँगै काठमाडौंमा ७ वटा एक्स्टेन्सन काउन्टर र १३ शाखाहरु सञ्चालन भएका छन् । उपत्यका बाहिर सेञ्चुरी बैंकका १ सय शाखाहरु सञ्चालन भइरहेका छन् ।


उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीको उपस्थिती थियो ।

बैंकले काठमाडौं उपत्यकामा ७ वटा एक्स्टेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।

त्यस्तै उपत्यकाबाहिर २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?