शेयर बजार: साताको पहिलो दिन नै परिसूचक घट्यो

appharu
0
Shares

काठमाडौं । साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ७५ बिन्दुले घटेर एक हजार २६८ दशमलव ७४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ० दशमलव ५३ ले घटेर २७३ दशमलव ३० मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत खुम्चिएको छ । कूल १६६ कम्पनीको ११ लाख १९ हजार ५६३ कित्ता शेयर २९ करोड ८१ लाख ५७ हजार ११६ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको् मात्रै शेयर वृद्धि भएको छ । त्यसमा वित्त ० दशमलव ८४ र अन्य २ दशमलव ८३ बिन्दुले बढेको छ । यस्तै बैंकिङ २ दशमलव ९५, होटल १४ दशमलव ४८, विकास बैंक ९ दशमलव २७, जलविद्युत् ९ दशमलव ६७, निर्जीवन बीमा १३ दशमलव ०५, उत्पादन ३० दशमलव ६, लघुवित्त ० दशमलव १, जीवन बीमा ३७ दशमलव ३३, सामूहिक ० दशमलव ०४ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको दुई करोड ६४ लाख ६१ हजार ५६९ बराबरको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट एक करोड ५८ लाख ५६ हजार ६८५, नबिल बैंक एक करोड ५३ लाख ७३ हजार ४५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड ४६ लाख ८५ हजार १४९ र प्रभु बैंकको एक करोड २० लाख २५ हजार ४२८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५ दशमलव ५० प्रतिशतले कमाउदा मल्टीपर्पोज फाइनान्स कम्पनी पाँच, माहुली सामुदायिक लघुवित्त ३ दशमलव १० र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ०६ प्रतिशतले कमाए ।

यस्तै, युनियन हाइड्रो पावरका लगानीकर्ताले ९ दशमलव ६४, दिव्यश्वरी हाइड्रोपावर ६ दशमलव ७५, नबिल इक्विटी फण्ड ४ दशमलव ०८ र नेशनल माइक्रोफाइनान्सका शेयरधनीले ३ दशमलव ७८ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?