गुठीको जग्गाको सम्पूर्ण विवरण माग

काठमाडौं । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले गुठी संस्थानसँग गुठीको जग्गाको विवरण माग गरेको छ ।

समितिले आईतबार त्रिपुरेश्वरस्थित गुठी संस्थानको कार्यालयमा पुगेर गुठीको जग्गाको सम्पूर्ण विवरण उपलब्ध गराउन माग गरेको हो ।

समितिका संयोजक गणपतिलाल श्रेष्ठ नेतृत्वको समितिले संस्थानका अध्यक्ष मिनराज चौंधरीलाई बुझाएको ज्ञापन पत्रमा गुठीका चल/अचल सम्पत्ति र त्यसको कारोबारको विवरण पनि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

गुठीको जग्गा तथा चल/अचल सम्पत्ति व्यक्तिले आफ्नो नाममा ल्याएर भोग चलन गरिरहेको समाचार बाहिर आउन थालेपछि समितिले त्यसको सम्पूर्ण विवरण उपलब्ध गराउन गुठी संस्थानसँग माग गरेको हो ।

यता, गुठी संस्थानका अध्यक्ष चांैधरीले कार्यालयमा उपलब्ध भएको गुठीको सम्पत्तिको सम्पूर्ण वितरण समितिलाई बुझाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले ६९ वटा जिल्लामा गुठीहरु रहेकाले त्यसको तथ्यांक संकलन गर्न भने केही समय लाग्ने पनि स्पष्ट पार्नुभयो ।

समितिका संयोजक श्रेष्ठले गुठी संस्थानलाई गुठीको जात्रा, पर्वमा दिने गरेको खर्चको विवरण पनि माग गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?