साझा पार्टी केन्द्रीय कार्यसमितिमा सात नयाँ अनुहार

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

नयाँ सदस्यहरुमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा रहनुभएको पार्टी प्रवक्ता डा सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सदस्य थपिएसँगै साझा पार्टीको केन्द्रीय समिति ३३ सदस्यीय भएको छ । साझा पार्टीले देशैभरिबाट उल्लेख्य सङ्ख्यामा महिला र युवालाई पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने जनाएको छ ।

पार्टीका संयोजक रवीन्द्र मिश्रले विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका व्यक्ति पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टीप्रतिको आशा र विश्वासलाई पुनः पुष्टी गरेको उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?