माईला लामाको गोजीमा भेटियो यस्तो कुरा, प्रहरीलाई मिल्यो क्लू

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी विप्लव समूहका उपत्यकाका ब्यूरो इन्चार्ज माइला लामाको साथबाट चन्दा संकलन गरेको चार सय जनासँग चन्दा लिन तयार पारिएको सूची फेला परेको छ ।

पक्राउ परेका लामाकोसाथबाट चन्दा उठाउन तयार पारिएको लिस्ट भेटिएको अपराध महाशाखाले जानकारी दिएको छ ।

लामाले सानादेखि ठुला व्यापारीबाट ५ लाखदेखि २० लाखसम्म चन्दा उठाउने तयारी गरेको भेटिएको छ । उनलाई महाशाखाको टोलीले राति काठमाडौँको काडाँघारीबाट नियन्त्रणमा लिएको थियो ।

अहिले महाशाखामा राखिएका उनलाई म्याद थपका लागि अदालत पठाउने तयारी गरिरहेको छ।लामा काठमाडौं उपत्यकामा भएका बम विस्फोटका प्रमुख योजनाकार भएको प्रहरीले दाबी गरेको छ।

यही अभियोग उनलाई मुद्दा चलाउने प्रहरीले तयारी थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?