११ जेष्ठ २०७९, बुधबार

अवैध रुपमा औषधि पसल गर्ने भारतीय नागरिक पक्राउ

२०७४,पुष,१५,शनिवार १२:४९

0
Shares

धनगढी, १५ पुस – अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ कैलाली लम्कीचुहा नगरपालिका–९, खमरियामा औषधि पसलबाट अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले भारत लखिमपुर जिल्ला तिकुनियाका ३४ वर्षीय छत्रपाललाई अवैध औषधिसहित बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो उक्त मेडिकलबाट लागुऔषधका रुपमा प्रयोग गरिने प्रतिबन्धित तथा विशेषज्ञ चिकित्सकको प्रेस्क्रिप्सनमा बिरामीको अभिलेख राखेर चिकित्सककै निगरानीमा मात्र बिरामीलाई खुवाइने ट्रमाडोल, डिसाइक्लोमाइन, एभिल, सेटिराजिनलगायत नेपालमा दर्ता नभएका अन्य कम्पनीका करिब रु साठी हजार मूल्य बराबरको तीन बोरा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कैलाली जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अघि बढाइएको छ । उनले नेपालमा दर्ता नगरिएका प्रतिबन्धित भारतीय औषधि भन्सार छली ल्याएर बिक्री वितरण गर्ने गरेको, दर्ता नगरी औषधि पसल सञ्चालन गरेको, औषधिसम्बन्धी कुनै शैक्षिक योग्यता हासिल नगरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार १२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्धा अनुसन्धानका लागि आवश्यक कानुन संशोधन

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित अन्यायमा परेको देखिने आधार रहेमा हदम्यादकै कारण न्यायबाट वञ्चित गरिनु अन्यायपूर्ण हुने

झापा । बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको

ताजा समाचार