नागढुंगाबाट दुई किलो पहेँलो धातुसहित एक व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट दुई किलो सुनजस्तो देखिने पहेँलो धातुसहित एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेको नाम खुलाइएको छैन ।

सुन हो/होइन भन्ने परीक्षणपछि मात्रै विवरण खुलाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?