भक्तपुरमा महिलाको शव फेला, यस्तो अवस्थामा भेटियो झाडीभित्र

appharu
0
Shares

काठमाडौं । सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ ।

सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उहाँले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने उहाँले बताउनुभयो ।

घटनाको भने प्रहरीले सूक्ष्म अध्ययन शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?