भारतमा ९ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या !

काठमाडौं । भारतको दिल्लीमा ९ वर्षीया नेपाली बालिकाको हत्या भएको छ । बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।

बाजुराकी ती बालिकाको बाबुआमाले होस्टेलमा काम गर्ने र सोही होस्टेलमा कार्यरत सोनु नाम गरेको भारतीय नागरिकमाथि हत्यामा संलग्न रहेको आरोप लागेको छ ।
बालिकाको बलात्कार प्रयासपछि हत्या भएको हुनसक्ने सीए अभानेस्ववियु अध्यक्ष सुधन महतले बताए ।

दिल्लीस्थित नेपाली दूतावासका एसएसपी प्रकाश अधिकारीले दोषीमाथि कारबाहीका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको जानकारी दिए ।

आरोपी सोनुलाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने बालिकाको शव पोस्टमाटमको लागि अस्पताल पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?