नयाँ कर र ऐन खारेजीको माग, भन्सार नाका ठप्प पार्ने व्यापारीको चेतावनी

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । सरकारले ढुवानी व्यवसायमा मूल्य अभिवृद्धि करका साथै अन्य व्यापार व्यवसायमा लगाएको नयाँ कर र ऐन नियम खारेजीको माग गर्दै वीरगन्जमा वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा उद्योगी व्यापारीले प्रदर्शन गरेका छन् ।

उद्योगी व्यवसायीहरुले विरोध जुलुश निकालेकेर प्रदर्शन गरेका हुन् । वीर्तास्थित उद्योग वाणिज्य संघको परिसरबाट हातमा कालोपट्टी बाँधेर निस्किएका उद्योग व्यावसायी सहभागी जुलुस अलखियामठ, आदर्शनगरहुँदै वीरगन्जको मुख्य चोक घण्टाघरमा पुगेर कोणससभामा परिणत भएको थियो ।

उद्योग वाणिज्य संघको नेतृत्वमा निकालिएको विरोध जुलुशमा वीरगन्ज ट्रान्सपोर्ट एशोसिएसन र पर्सा सुनचाँदी व्यवसायी संघमा आवद्ध व्यवसायी पनि सहभागी थिए । जुलश पछि घण्टाघर चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उद्योगी व्यापारीले सरकारले सडक आन्दोलनको मात्रै आवाज सुन्ने भएकाले आफूहरु सडकमा उत्रिएको बताउनुभयो ।

अहिलेको सरकार, निजी क्षेत्रमाथि अव्यवहारिक कर र ऐनको बोझ थोपारेर उद्योग व्यपारलाई धराशायी बनाउने षडयन्त्रमा लागेको भन्दै उनीहरुले सरकारले आफ्नो निर्णय नसच्याए मुलुकको ८० प्रतिशत उद्योग व्यवसाय बन्द हुने बताए ।

कोणसभालाई सम्बोधन गर्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले अव्यवहारिक कर र ऐनकानुन सच्याउन माग गर्दै सरकारलाई पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।

सरकारले पछिल्लो पटक ल्याएका ऐन कानुनमा उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्ने क्रममा भूलबस हुनसक्ने त्रुटीमा समेत ठूलो रकमको साथै कैद सजाय समेतको जरिवाना गर्न सक्ने अधिकार सम्बन्धित कार्यालयलाई प्रदान गरिएको व्यवस्था पनि अदालतको मातहतमा हुनुपर्ने माग निजी क्षेत्रको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?