इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलको सहज जित

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलले फ्लोरेन्टिनासँग सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा आर्सनलले ईटालियन क्लब फ्लोरेन्टिनालाई ३-० गोल अन्तरल हराएको हो ।

एडी निकेयाहको गोलमा आर्सनलले सुरुवातबाट खेलमा अग्रता बनाउन सफल रह्यो ।

खेलको १५ औ मिनेटमा उनै निकेयाहले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २० बर्षिया खेलाडीकै गोलमा आर्सनलले गत बुधबार बार्यन म्युनिखलाई पराजित गर्न सफल भएको थियो ।

६५ औ मिनेटमा निकेतेहले आर्सनलको अग्रता दोब्बर पारे । ८९ औ मिनेटमा विलोले गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए ।

आर्सनलले प्रि-सिजनको अर्को खेलमा सहज जित निकाल्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?