मलेसिया, साउदी, कतार, युएई लगायत अन्य देशको विनिमयदर यस्तो छ (हेर्नुहोस् सुचिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८३ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?