हजार्डको डेब्युु खेलमा रियल वायर्नसँग पराजित

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबल खेलमा स्पेनिस क्लब रियल मड्रिड वायर्न म्युनिखसँग पराजित भएको छ ।

टेक्सासमा आइतबार बिहान भएको खेलमा रियल १० खेलाडीमा सिमित जर्मन क्लब वायर्न म्युनिखसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

वायर्नलाई जित दिलाउन कोट्रिन टोलिस्सो, रोबर्टो लेवान्डोस्की र सेर्गी ग्नाब्रीले समान एक एक गोल गरे । रियलका रोड्रिगो गोजले एक गोल फर्काए तर जित हात पार्न भने सकेनन् ।

एनआरजी स्टेडियममा खेलको १५ औं मिनेटमा टोलिस्सोको गोलबाट वायर्नले अग्रता बनाएको थियो । ६७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता २-० को बनाए । ७० औं मिनेटमा सेर्गीले गोल गर्दै वायर्नको अग्रता ३-० को बनाए ।

खेलको ८१ औं मिनेटमा सेभेन उल्रीचले रातो कार्ड पाएपछि वायर्न १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ८५ औं मिनेटमा रोड्रिगोले एक गोल फर्काएपनि रियल ३-१ ले पराजित भयो ।

योसँगै इडेन हजार्डको डेब्यु खेलमा रियल पराजित भएको छ । बेल्जियमका हजार्ड दुईसाता अघि चेल्सीबाट रियल आएका थिए ।

नयाँ सिजनको तयारीका लागि दुवै टोली अमेरिका भ्रमणमा रहेका छन् । र, दुवै टोलीले प्रि-सिजन तयारीका लागि इन्टरनेसनल च्याम्पियन्स कप खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?