सोनाक्षीद्वारा एक सेलिब्रेटीसंग डेट गरेको खुलासा

appharu
0
Shares

एजेन्सी । चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले एक जना सेलिब्रेटीलाई डेट गरेको खुलासा गर्नुभएको छ ।

डेट गरेपनि त्यसबारेमा कसैलाई जानकारी नरहेको दावी गर्दै उहाँले हालै एक शोका दौरानमा सिनेमा उद्योगकै व्यक्तिलाई डेट गरेको खुलासा गर्नुभएको हो ।

बाबुआमाको इच्छा अनुसार एक सेलिब्रेटीलाई डेट गरेको खुलाय पनि मान्छेको नाम भने गोप्य राख्नुभयो । डेट गरेको स्टारको नाम नखुलाएपनि उहाँको नाम बन्टी सजदेहसँग जोडिएको थियो । यस्तै उहाँले बिहेको खबरलाई फगत एउटा हल्लामात्र भएको बताउँदै बिहे गर्ने भएपछि सार्वजनिक रूपमै जानकारी दिने बताउनुभयो ।

सोनाक्षीले बलिउडमा काम गर्न थालेको ९ वर्ष बितिसकेको छ । तर व्यक्तिगत सम्बन्धका कारण अन्य समकालिन अभिनेत्रीहरू जस्तो चर्चामा आउनु परेको छैन । उहाँका समकालिनहरूको नाम आफ्नै समकालिनहरूसँग जोडिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?