फिट केकीका हिट तस्विर (फोटो फिचर)

appharu
0
Shares

काठमाडौं । नायिका केकी अधिकारी अभिनित चलचित्रले ठूलो सफलता नपाएपनि चर्चा सदाबहार छ ।

दीपकराज गिरीको अपोजिटमा रहेर निर्माणको क्रममा रहेको केकी अभिनित चलचित्र ‘छ माया छपक्कै’ दशैँमा प्रदर्शन हुँदैछ ।

केही महिनायता केकीले आफ्नो ज्यानलाई स्वस्थ राख्न जिम र योग गर्ने गरेको बताउनुभयो । केकीको अहिले जुम्बा र यागकै विषयले चर्चा बटुलिरहेको छ । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने केकी सामाजिक विषयमा पनि खुबै चासो राख्ने गर्नुहुन्छ ।

अन्य नायिकाहरु मौन रहेका बेला उहाँले शिल्पा पोखरेललाई समर्थन गर्दै स्टाटस लेख्नुभएको थियो । तर अहिले अन्य नायिकाहरुको सल्लाह अनुसार नै स्टाटस लेखिएको बताइएको छ ।
शिल्पा र निर्माता छविराज ओझाबीच झगडा अझैपनि चर्चामै छ ।

आफू घरेलु हिंसामा परेको बताउँदै शिल्पाले डिभोर्सको तयारी गर्नुभएको छ । तर निमार्ता ओझाले डिभोर्स नदिने बरु छविको अदालत आउनुभयो भने न्याय पाउँनुहुन्छ बताउँदै आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?