‘सरौतो’ टिजर (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । नेपाली चलचित्र ‘सरौतो’ को टिजर सार्वजनिक भएको छ ।

चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह र लियो ट्यांकले लगायतले शीर्ष भूमिकामा अभिनय गरेका छन् । यस्तै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् । केही दिनअघि मात्रै चलचित्रको एक गीत सार्वजनिक गरिएको थियो ।

विरञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रियशन, राइजिङ फिल्मस् र ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई बदलाको कथा भनिएको छ । ‘सरौतो’ हरि हुमागाई‌ंको निर्देशनमा तयार भएको चलचित्र हो ।

https://www.youtube.com/watch?v=RlSkHgKf9C8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?