पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

काठमाडौं | पौडी खेल्ने क्रममा शनिबार डुबेर तनहुँमा एक बालकको मृत्यु भएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका–१ निवासी १२ वर्षीय विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्लाको भिमाद नगरपालिका–५ मामाघरमा गएका ती बालक सोही वडास्थित सेती नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो।
पौडी खेल्ने क्रममा हामफाल्दा नदीमा रहेको दलदले माटोमा टाउको गएर गडेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

उनीसँगै गएका श्रीराम श्रेष्ठ मुख बोल्न नसक्ने भएकाले तत्कालै उपचारको लागि लैजान नसकिएको प्रहरीले जनाएको छ । उक्त घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली गएर शव बाहिर निकालेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?