महोत्तरीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

काठमाडौं । महोत्तरीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका वडा नं २ घर भएका ४५ वर्षीय शिवनाथ महत्तो रहेका छन् ।

महत्तोले बर्दिबास नगरपालिका वडा नं ४ विश्वकर्मा चोकमा सञ्चालनको गरेको चिया पसलमा बिहान ७ बजे टोकेको थियो । टोके लगत्तै उनलाई सर्लाहीको नवलपूरमा रहेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।

त्यहाँ उनको उपचार सम्भव नभएपछि पुनः बर्दिबासमा रहेको शुभ स्वस्तिक हस्पिटलमा लगिएकोमा महत्तोको शरीरभर विष चढिसकेकोले बचाउन नसकिएको बर्दिबास प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?