सरकारविरुद्ध आन्दोलनमा जुटे साना राजनीतिक दलहरु

काठमाडौं | मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दवाव दिन विभिन्न साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन ।

बाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना राजनीतिक दलहरुले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दवाव रोक्न सरकारसँग माग गर्दै शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन ।

मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेकपा (माले) का महासचिव सिपी मैनालीले जानकारी दिनुभयो ।

‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको सो समुहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली काँग्रेस (विपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मंचलगायतका नौं वटा राजनीतिक दलहरु आवद्ध रहेका छन । देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दवाव दिन पनि आफूहरुले संयुक्त आन्दोलन सुरु गरेको पनि नेकपा मालेका महासचिव मैनालीको भनाई छ ।

नेपाली काँग्रेस (विपी)का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दवाव दिन आफूहरु संयुक्त आन्दोलनमा होमिएको बताउनु भयो । उहाँले नागरिकता जथाभावी वितरण गरिएकाले त्यसको छानवीनका लागि न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
सो समूहले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा उद्दार गर्न सरकार गम्भिर नभएको भन्दै आक्रोश पनि व्यक्त गरेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?